-जनउत्तरदायी पत्रिका-

२०८३ आश्विन ४. आईतवार

३०३औं पृथ्वी जयन्तीको अवसरमा वीरगंजमा विभिन्न कार्यक्रम

वीरगंज, २७ पुस । 

 

श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको ३०३औं जन्मजयन्तीको अवसरमा शनिवार वीरगंजमा विभिन्न संघसंस्थाहरुले कार्यक्रम गरी मनाएको छ । 

 

नेपाल राष्ट्रवाद संघ, नेपाल विद्धत परिषद्, शिव सेना नेपाल, देशभक्त राजभक्त समूह, विश्व हिन्दू महासंघ, वीर गोर्खाली राष्ट्रवादी नागरिक समाज, राष्ट्रिय संघर्ष समिति, राष्ट्रवादी शान्ति समूहले आज वीरगंजको घण्टाघरमा भेला भई नगर परिक्रमा गरी पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो । 

 

कार्यक्रममा नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साह, नेपाल विद्धत परिषदका अध्यक्ष रामानन्द साहलगायतले श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको योगदानबारे चर्चा गर्नुभएको थियो । 

 

 

 

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस