-जनउत्तरदायी पत्रिका-

२०८२ बैशाख १४. आईतवार

बारामा मृत भेटिएका व्यक्तिको सनाखत

वीरगंज, ६ पुस । बाराको जीतपुरसिमरा उपमहानगरपालिका –११ दुधौरा खोला नजिकै मृत भेटिएका व्यक्तिको सनाखत भएको छ ।

सिमरा एयरपोर्टमा सुरक्ष्Fाकर्मीको रुपमा कार्यरत कार्यालय सहयोगी राजकुमार रुम्बा रहेको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।

बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको कारमा रुम्बाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख महेन्द्र खड्काले बताए । राष्ट्रिय अनुसन्धान बाराका प्रहरी निरीक्षक श्रीकान्त तिवारीको गाडी काम विशेषले मागेर गएको उनले बताए । पोष्टमार्टम रिपोर्ट नआउँदासम्म हत्या भएको हो भन्नेबारे यकिनका साथ भन्न नसकिने बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस